परिवारलाई आठ लाख दिने सहमति, केएमसीकी कर्मचारीको शव उठाइयो


२० असार २०७९, सोमबार
kmc school death

काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलकी कर्मचारी रमा रायमाझीको शव दुई दिनपछि उठाइएको छ ।
विद्यालय प्रशासन र आफन्तबीच मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमतिपछि शव राति नै उठाएको काठमाडौं परिसरका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले बताए । रमा शनिबार राति झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

शनिबार साँझ स्कुलकै होस्टलमा मृत फेला परेकी रायमाझीको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका थिएनन् । तर प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान हुने र पोष्टमार्टमपछि मात्रै प्रारम्भिक कुराहरु खेल्ने भन्दै पोष्टमार्टमका लागि शव उठाउन दिन आग्रह गरेको थियो ।

शनिबार र आइतबार पनि पटक-पटक भएको छलफलमा राति मानवअधिकार आयोगका अधिकारीसहितको छलफलमा सहमति जुटेको हो । शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । केएमसी स्कुलको क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका-८, मेच्छेकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ होस्टलमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । रमा केएमसी स्कुलमा ५ वर्षदेखि काम गर्दै आएकी थिइन् उक्त दिन घर नफर्किएपछि खोज्दै आफन्त स्कुलमा पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७