जसपाका नयाँ मन्त्रीले लिए शपथ


२० असार २०७९, सोमबार
Jasapa mantri scaled

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नयाँ तीन मन्त्रीहरुले शपथ लिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नव नियुक्त मन्त्रीहरुले सोमबार साँझ राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाइन् ।

जसपाले हाल सरकारमा रहेका मन्त्रीहरु महिन्द्रराय यादव, रेणु यादव, रामसहाय यादवलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाएको थियो । यसअघि नेकपा एकीकृत समाजवादीले पनि चार जना मन्त्री हेरफेर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७