प्रधानमन्त्रीले विप्लवलाई भने, ‘चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस्, अलि बढ्ता भो’


१७ चैत्र २०७४, शनिबार
Kp oli

काठमाण्डौ, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै ओलीले चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्त नभएको बताएको हो । Kp oli
‘थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त हुन्छ ? माक्र्सवादमा कहाँ लेखेको छ । नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे । चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस्’, ओलीले भने,‘अलि बढ्ता भयो ।’

उनले माओवादीको खाल उठिसकेको भन्दै फेरी च्याँखे थाप्ने काम बन्द गर्न आग्रह गरे । ‘ माओवादी जनयुद्ध भएका बेलासम्म च्याखे थाप्नु ठीक भएपनि अब खाल उठ्सिक्यो । फेरि च्याखेहरु खुक्रुकखुक्रुक ‘ ख्याचेहरुलाई भन्न चाहन्छु, यो बन्द गर ।’

विप्लव समुहले प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोष व्यक्त गर्दै ओलीले मजाक नगर्न चेतावनी दिए । ‘यो विप्लभ कि के समुह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने ? मजाक गर्ने ? मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु । प्रशसन गर्ने भए धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।; ओलीले भने, ‘यसप्रकारका राजनीतिक मजाकहरु नगर्न म विप्लवलाई आग्रह गर्छु ।’

उनले अब देश त्यस्ता अनावश्यक कुरामा नअलमलिने भन्दै ओलीले देश विकासमा आफू केन्द्रित भएको बताए । देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने बताए । ‘ट्याउट्याउ आवाज आइरहेको छ । कहाँबाट आएको छ यो ?’ ओलीले प्रश्न गरे ।

यूरोपियन युनियनको नाम नलिई प्रधानमन्त्रीले नेपालमा साम्प्रदायिक एकता बिथोल्ने प्रयास नगर्न पुनः चेतावनी दिए । ‘सबैलाई भन्न चाहन्छौं, नेपालीलाई मिलेर बस्न दिनुस, नेपाल एकताबद्ध र समृद्धितिर जान चाहन्छ,’ उनले भने, ‘नेपालको पासपोर्ट यसो देखेपछि जानुस् भनोस् न ।’

उनले नेपालमा विकासका लागि अनुकूल वातावरण बनेको बताउँदै विकासमा व्यवधान खडा गर्न नहुने बताए । ‘अहिले मुलुकमो समग्र विकासको लागि अनुकूल वातावरण बनेको छ । अब हामीलाई विकास गर्न व्यवधान गर्न कुनै पनि कुरा मान्य हुने छैन ।’ उनले भने, ‘हामीलाई विकास चाहिन्छ । विकासमा बाधा गर्ने भ्रष्टाचार अब सहिँदैन । म भ्रष्टाचार गर्न दिन्न । भ्रष्टाचार सहन्न । नियन्त्रण गर्छु । निर्मूल गर्छु । यो मेरो प्रतिबद्धता हो ।’

प्रधानमन्त्रीले नेपाल भारत र चीनसहित सबै मित्रराष्ट्रसँग मिलेर विकास र समृद्धिमा सहकार्य गर्ने उल्लेख गरे । ‘छिट्टै भारत भ्रमणमा जाँदैछु, भारतसँग मिलेर एकताबद्ध भएर विकासमा बाटोमा सहयात्रा गर्छौं,’ उनले भने, ‘नेपालको विकासमा भारत सहयोगी भूमिकामा रहन्छ, र त्यसका लागि अझ बढ्ता सम्बन्ध सुधार गर्न जाँदैछु, चीनसँग राम्रो छ, हामीलाई सहयोग गर्न तयार छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७