एनआरएनएको अध्यक्षमा गुरुङ र भट्ट प्रतिस्पर्धा


३० आश्विन २०७४, सोमबार
NRNA

काठमाडौं: काठमाडौमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा अध्यक्ष पदमा भवन भट्ट र जमुना गुरुङ घलेको प्रतिस्पर्धामा हुने भएका छन् । त्यस्तै दुई उपाध्यक्षका लागि ६ जना उम्मेदवारी दिएका छन् ।NRNA

उपाध्यक्षमा चिरञ्जीवी थापा,कुल आचार्य, कुमार पन्त, रविना थापा,सोनाम लामा र खगेन्द्र क्षेत्रीले उम्मेदवारी दर्ता गारएका हुन् । एक महिला उपाध्यक्षका लागि दुई जना रञ्जु थापा र सपिला राजभण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।अमेरिकाको एक क्षेत्रीय संयोजकका लागि तीन जनाको प्रतिश्पर्धा हुने भएको छ । जसमा आङछिरी शेर्पा, गौरिराज जोशी, श्रीप्रसाद पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।

एनआरएनएको एक महासचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ । जसका लागि श्रेष्ठ, डा बद्री,अर्जुन कुमार केसी, त्रिलोक गुरुङले उम्मेदवारी दिएका हुन् ।दुई सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा डिवि क्षेत्री, डा देवी बस्नेत,गणेश केसी,जानकी गुरुङ,ऋषिराम कँडेल,सन्तोषकुमार भट्टराई रहेका छन् । एक कोषाध्यक्ष पदका लागि हिक्मत थापा र मुच्छेन्द्र गुरुङ प्रतिश्पर्धामा उत्रिएका छन् ।

यस्तै क्षेत्रीय संयोजकका लागि अफ्रिकाबाट सुनिल कार्कीले उम्मेदवारी दर्ता गारएका छन्, भने् युरोप क्षेत्रीय संयोजक एकका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । युरोप क्षेत्रिय संयोजकका लागि विनय कुमार श्रेष्ठ,दावा गेल्जे शेर्पा,गंगाधर गौतम, प्रेम बहादुर तामाङ,शिव प्रसाद बरुवाल र थर्क सेन रहेका छन् । मध्यपूर्व क्षेत्रीय संयोजक एकका लागि धरम केसी र आरके शर्माको उम्मेदवारी परेको छ ।

दिउँसो ४ बजेपछि मतदान शुरु हुने र मतगणना सम्पन्न भएको एक घण्टापछि मदतान शुरु हुने कार्यतालिका रहेको छ । विद्युतीय मतदान गरिने भएकाले मतपरिणाम आज राति नै आउने सम्भावना रहेको छ ।

एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसेनिया र मध्यपूर्वका एक–एकजना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक–एकजना तथा युवा संयोजक र उपसंयोजक एक–एकजना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार अबेर रातिसम्म मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन, २०२० एण्ड वियोण्ड’ पारित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७