गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री


३१ असार २०७९, शुक्रबार
deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले गभर्नरको विषय उठाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । बैठकमा सहभागी एक नेताले भने, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ? भन्नु भएको छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । प्रधानमन्त्रीले हिजो गभर्नर महाप्रसाद अधिकारीसँग पछिल्लो विवादको विषयमा बुझ्ने काम समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७