आइजीपी नियुक्ति प्रकरण : सर्वोच्चले गर्‍यो एआइजी पोखरेलको रिट खारेज


३१ असार २०७९, शुक्रबार
PRO KTM DIG BishwoRajPokharel20200425 B scaled

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजीपी) मा आफूलाई नियुक्ति गरिपाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ । सर्वोच्च अदालतले आज (शुक्रबार) पोखरेलको रिट खारेज गरेको हो ।

सर्वोच्च अदलतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो । पोखरेलसँगै आईजीपी नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ ।

आईजीपीमा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआइजी पोखरेल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । आईजीपीमा सिंहको नियुक्ति भएपछि उनी आफ्नो ड्युटीमा पनि गएका थिएनन् । उनी साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७