जिम्बाब्वे र नेदरल्याण्ड अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छानिए


३२ असार २०७९, शनिबार
zimbabwe NW7XgmjrGZ

काठमाडौँ । जिम्बाब्वे र नेदरल्याण्ड अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएका छन् । आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्याण्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन् ।

नेदरल्यान्ण्डले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । त्यस्तै जिम्बाब्वेले पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा घरेलु टोली जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । जितका लागि २ सय रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन मात्रै बनाउन सक्यो ।

दोस्रो सेमिफाइनलमा १३९ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्याण्डले १९ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिका १९ ओभर ४ बलमा १३८ रनमा अलआउट भएको थियो ।

नेदरल्याण्ड समूह ‘बी’ र जिम्बाब्वे ‘ए’ बाट अपराजित रहँदै सेमिफाइनल खेलेका थिए । जिम्बाब्वे र नेदरल्याण्ड छनोट भएपछि अस्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा १६ टोलीको टुङ्गो लागेको छ । अस्ट्रेलियाको विभिन्न ७ सहरमा हुने विश्व कप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७