सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ


३२ असार २०७९, शनिबार
14 Shares
pakrau
फाइल फोटो

कैलाली । कञ्चनपुरमा प्रहरीले सामुहिक बलात्कारको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका-९ को ख गाउँका सुशील विष्ट, पृथ्वी भाट क्षेत्री, लक्ष्मण सुनार र बीओपी बीचफाँटामा कार्यरत सशस्त्र प्रहरी जवान यमप्रसाद जैशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

उनीहरुमाथि गत २३ असारमा २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेको छ । युवतीसँग प्रेम सम्बन्धमा रहेका भनिएका सुशील विष्टले ललाई फकाई मोटरसाइकलमा राखेर उखुबारीमा लगेको त्यहाँ अन्य तीन जनाले समेत बलात्कार गरेको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिइसकेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७