विलासी वस्तु आयात भदौ १० सम्म प्रतिबन्ध, मोटरसाइकल र मोवाइल आयातमा कडाइ


१ श्रावण २०७९, आईतवार
electric vehical gadi birgunj bhansar 20200602002529
फाइल फोटो

काठमाडौँ । सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ । उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी विलासी वस्तु प्रतिबन्धको मिति थप गरिएको जनाएको छ । सरकारले गत वैशाखमा १० वस्तु असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो ।

नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ । यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० डलर माथिको मोबाइल आयातमा रोक लगाइएको थियो ।

मन्त्रालयले गत वैशाख १३ गते निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै सबै प्रकारका मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६०० डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यस्तै, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभी पनि आयात प्रतिबन्धको सूचीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७