अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ


१ श्रावण २०७९, आईतवार
Rape for nayapage

बैतडी । अपाङ्गता भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा बैतडीमा दुई जना पक्राउ परेका छन् । बलात्कारको आरोपमा जिल्लाको दोगडाकेदार गाउँपालिका-४ का करिब ३२ वर्षीय ललित चुनारा र ५१ वर्षीय गोपी चुनारा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

मानसिक सन्तुलन गुमाएकी २० वर्षीया अपाङ्गता युवतीलाई बलात्कार गरेको आरोपमा शनिबार दिउँसो दुवै जनालाई पक्राउ गरिएको हो । अपाङ्गता भएकी युवतीको आफन्तको जाहेरीको आधारमा प्रकाउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७