निजगढमा विमानस्थल निर्माण कार्य अगाडि बढाउन विज्ञटोली गठन


२ श्रावण २०७९, सोमबार
nijgadh

काठमाडौँ । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडि बढाउन विज्ञटोली गठन गर्ने भएको छ ।
आज (सोमबार) संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञटोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिसअनुसार मन्त्रालयले विज्ञटोली गठन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लौजाने तयारी गरेको जानकारी दिए ।
उनले मुलुकको गेम चेन्जर आयोजनाको रूपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नै विज्ञसमूह गठन गरी पुनः अध्ययन गरिने बताए ।

मन्त्री श्रेष्ठले विज्ञटोलीबाट आएका प्रतिवेदनअनुसार नै अगाडि बढ्ने स्पष्ट पार्दै वातावरणको कुरामा सरकार संवेदनशील रहेको पनि बताए । उनले प्रधानमन्त्रीसहित स्थानीय निकायका पदाधिकारीहरूसँगै गरिएको स्थलगत निरीक्षणको क्रममा हाल प्रस्तावित स्थानमै विमानस्थल निर्माण गर्न उपयुक्त हुने देखिएको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७