एसपीपीलाई लिएर बाँस्कोटाको कटाक्ष : देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने


५ श्रावण २०७९, बिहीबार
Gokul Baskota 1

काठमााडैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् ।

सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निणर्य गरे पनि सो जानकारीसम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् ।

‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह बुँदे ब्याख्याले टारेका थिए । अब बाह्र-सत्ताइस ब्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७