नव निर्वाचित भारतीय राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीको बधाई


६ श्रावण २०७९, शुक्रबार
bidhyadevi murmu WOn2bLbbJ6

काठमाडौँ । नव निर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् ।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले बधाई दिँदै मुर्मुको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनु भएकोमा महामहिम द्रौपदी मुर्मू ज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु’ राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘यहाँको कार्यकालमा हाम्रा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूणर् विश्वास व्यक्त गर्दछु ।’

बिहीबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी यसवन्त सिन्हालाई हराएर मुर्मु राष्ट्रपति निवार्चित भएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७