आमाको नामबाट नागरिकता दिने विषयमा शर्त तेर्‍स्याइनु गलत : भट्टराई


६ श्रावण २०७९, शुक्रबार
baburam bhattarai
फाइल फोटो

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरू तेर्‍स्याइनु गलत भएको बताएका छन् ।

आज (शुक्रबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आमाको नाममा निःसर्त नागरिकता दिनुपर्ने बताए ।

‘अझै अपूर्ण छ । जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउने कुरा त आएको छ । त्यो मूलतः ठीक छ । एनआरएनएहरूलाई मेरो निजी मान्यता त उनीहरुलाई पूर्ण नागरिकता दिए हुन्छ भन्ने हो । तैपनि राजनीतिक अधिकार बाहेकका अन्य अधिकारसहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ । तर कमजोर पक्ष के छ भने आमाको नामबाट नागरिकता प्राप्त गर्ने जुन अधिकार हो त्यो निःसर्त अधिकार हो । अनावश्यक ढंगले शर्त राखेर आमाले बाउको पहिचान भए, नभएको भनेर जुन सर्त राखिएको छ । त्यो विभेदकारी छ । गलत छ,’ उनले भने ।

त्यस्तै वैवाहिक अंगीकृत नागरिकताको प्रावधान पनि समानतामा आधारित नभएको भट्टराईले बताए । ‘वैवाहिक अंगीकृतको कुरा पनि समानतामा आधारित छैन । कि त नराख्ने हो भने छोरा र छोरी दुवैको दम्पतीलाई नराखौँ । राख्ने हो भने दुई वटैलाई थोरै-थोरै भए पनि राखौँ । यसरी विभेदकारी प्रावधान राख्नु हुँदैन । त्यस्तै लंगिक पहिचान सहितको जुन कुरा छ, त्यसमा पनि त्रुटि भएको छ । त्यसैले यसलाई सच्याएर पारित गर्नु राम्रो हुन्छ,’ उनले भने । पूर्व प्रधानमन्त्री भट्टराईले नागरिकतासम्बन्धी विधेयक अपूणर् रहेको टिप्पणीस मेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७