विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन सकेनन् : पोखरेल

‘चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति देखियो’


७ श्रावण २०७९, शनिबार
PA KARNALI Shankarpokhrel1

सुर्खेत । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन् ।

सुर्खेतमा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निरन्तरता एमाले भएको दाबी गरे । ‘चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नु पर्नेमा उल्टै असहयोग गरेको पाइयो’, उनले भने, ‘आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार-प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिष्ट आचरणभित्र पर्दैन ।’

एमाले स्थायी कमिटी सदस्य एवं कणर्ाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरु सधैँ जनताको बीचमा देखिनुपर्ने बताए । ‘पार्टीमा पद पाउना साथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुख-दुःखमा जसले साथ दियो उसैले जित्छ’, उनले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७