राष्ट्र बैंकको सर्वेक्षण : तीन महिनाभित्र मूल्यवृद्धि १४ प्रतिशत पुग्ने


९ श्रावण २०७९, सोमबार
bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणमा आउँदो तीन महिनाभित्र मूल्यवृद्धि (महँगी) १४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

अहिले पनि महँगी १४ प्रतिशत नै रहेको अनुमान गरिएको सर्वेक्षणमा सहभागीहरूले बताएको उल्लेख छ । आगामी एक वर्षपछि महँगी १३ प्रतिशतमा रहने पनि सर्वेक्षणमा उल्लेख छ । यस्तै गैरखाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने प्रक्षेपण गरिएको छ ।

त्यस्तै तरकारी र फलफूल तथा माछा, मासु, दूध घ्यू र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको चैतको तुलनामा थोरै घटेको छ । राष्ट्र बैंकले जेठ २०७९ को वार्षिक उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

तर, राष्ट्र बैंककै सर्वेक्षणले भने असारमा उपभोक्ताले १४ प्रतिशतले मूल्यवृद्धि भएको महसुस गरेको उल्लेख छ । राष्ट्र बैंकले प्रकाशित गरेको मुद्रास्फीति र यो सर्वेक्षणमा अन्तर रहने नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७