वाणिज्य बैंकहरूमा साउन पहिलो सातामै घट्यो ६४ अर्ब निक्षेप


९ श्रावण २०७९, सोमबार
banks
फाइल फोटो

काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०७९/०८० को साउन पहिलो सातामै वाणिज्य बैंकहरूको ६४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । असार ३२ गते वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन ६ गतेसम्म घटेर ४४ खर्ब ७८ अर्ब कायम भएको हो ।

नेपाल बैंकर्स संघका अनुसार एक साताको अवधिमा कर्जा प्रवाह पनि १० अर्ब रुपैयाँ घटेको छ । असार ३२ सम्म वाणिज्य बैंकहरूबाट ४१ खर्ब ७५ अर्ब रुपैयाँँ कर्जा प्रवाह भएकोमा साउन ६ गतेसम्म उक्त कर्जा प्रवाह घटेर ४१ खर्ब ६५ अर्ब कायम भएको छ । साउन ६ गतेसम्म सीडी रेसियो ८७.७५ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७