बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाइग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाइग्नोष्टिक प्याथ ल्याब, नेपालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यो सम्झौतापछि ग्राहकहरूले बायो डाइग्नोष्टिक प्याथ ल्याबमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरूमा एकमुष्ट २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।
उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बायो डाइग्नोष्टिक प्याथ ल्याबले ललितपुरको ग्वार्को र काठमाडौंको सुकेधाराबाट सेवाग्राहीलाई ल्याब सम्बन्धी सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।