लगानी सम्मेलनको पूर्व सन्ध्यामा काठमाडौंमा विरोध प्रदर्शन


१५ बैशाख २०८१, शनिबार
lg 2

काठमाडौं । स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पुँजीबजार लगानीकर्ताहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई गरेको भन्दै पुँजीबजार संघर्ष समितिले प्रदर्शन गरेको हो ।

उनीहरुले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागू गर्नुपर्ने, पुँजीबजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने माग राखेका छन् ।

प्रदर्शनका क्रममा लगानीकर्ता तिलक कोइरालाले सरकारको गलत नीतिका कारण लगानीकर्ताहरू डुबेको भन्दै सहि नीति लिन माग गरेको बताए । स्वदेशी लगानीकर्ताहरु नै पलायन भइरहेको अवस्थामा लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउन नसकिने उनले बताए । लगानीकर्ताहरुले लगानीको सुरक्षा गर,नसके स्टक मार्केट बन्द गर, स्वदेशी लगानीको संरक्षण गर, विदेशी लगानीको वातावरण तयार गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७