दार्चुलामा खोलाले बगाउँदा बालिका बेपत्ता, सँगै खोलामा परेकी काकी बेहोस

दार्चुला । महाकाली नगरपालिका-२ स्थित कल्चौड्या खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।
मंगलबार बिहान घाँस काट्न जाने क्रममा घर फर्कंदा महाकाली नगरपालिका-३ की १२ वर्षीया कविता बडाल बेपत्ता भएको स्थानीय भोजराज जोशीले जानकारी दिए ।
बालिकासँगै रहेकी उनकी काकी नन्दा बडाललाई भने खोलाले बगाउँदा बेहोस भएकी छन् । बेहोस रहेकी नन्दा स्थानीयले पिठ्युँमा बोकेर अस्पताल ल्याउँदै गरेका छन् । बेपत्ता बालिकालाई स्थानीयसँगै हुष्कर मावि काटैका एनसीसी तालिम लिइरहेका विद्यार्थीहरुले खोजी रहेको भोजराजले जानकारी दिए ।