पाँच दिनका लागि जापान भ्रमणमा जाँदै प्रचण्ड


१० श्रावण २०७९, मंगलवार
Prachanda 2 1

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिनका लागि जापान भ्रमणमा जाने भएका छन् ।

नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन प्रचण्ड आगामी साउन २१ गते जापान जान लागेका हुन् । उनको सचिवालयका अनुसार भ्रमण दलमा प्रचण्डसहित चार जना रहने छन् । सचिवालयका अनुसार भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन् ।

उनले साउन २३ गते जनप्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने भएका छन् । त्यसपछि त्यसपछि जापानमा रहेका प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने भएका छन् । उनले प्रवासी नेपालीहरुसँग पनि भेटघाट गर्ने सचिवालयले जनाएको छ ।

त्यसपछि प्रचण्डले जापानको विकासबारे अध्ययन गर्ने भएका छन् । त्यस्तै कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ । प्रचण्डको सचिवालयले जापान भ्रमणका क्रममा त्यहाँको राजनीतिक नेतृत्वसँग भेटघाटबारे केही पनि पुष्टि गरेको छैन । प्रचण्डको भ्रमण र भेटघाट तालिका अहिले त्यहाँस्थित नेपाली दूतावासमार्फत मिलाइँदैछ ।

प्रचण्ड यसअघि असार ३१ मा भारत गएका थिए । त्यहाँ गएर उनले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा उनी भारत पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७