कर्मचारीले आफ्नो सम्पत्ति विवरण भदौसम्ममा अनिवार्य पेस गर्नुपर्ने (पत्र)

काठमाडौंँ । सरकारी कर्मचारीले आफ्नो सम्पत्ति विवरण भदौ महिनासम्म पेस गर्नुपर्ने भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हरेक मन्त्रालय र निकायहरुलाई पत्र लेख्दै सम्पत्ति विवरण पेस गर्न भनेको हो ।
केन्द्रले लेखेको पत्रअनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले तोकेको अधिकारीसमक्ष पेश गर्न भनेको छ ।
सो विवरण अख्तियार दुरुपयो अनुसन्धान आयोगमा पठाइने समेत केन्द्रले भनेको हो । केन्द्रको पत्रअनुसार अर्थ मन्त्रालयले आफूमातहतको निकायहरु महालेखा नियन्त्रक कार्यालय , मन्त्रालयको सचिवालय र महाशाखा, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका कर्मचारीलाई सम्पत्ति विवरण भर्न भनेको हो ।

