भारतमा एकै दिन १४ हजारा बढीमा कोरोना संक्रमण


१० श्रावण २०७९, मंगलवार
korona india 1

नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार आठ सय ३० जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

हिजो १६ हजार ८ सय ६६ जना सङ्क्रमित भएका थिए । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख पुगेको छ । हाल यहाँ एक लाख ४७ हजार पाँच सय १२ सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ३९ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको संख्या चार करोड ३२ लाख ५० हजार पाँच भन्दा बढी पुगेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २७ हजार ८ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड-१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७