फिलिपिन्समा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


११ श्रावण २०७९, बुधबार
Philipinse earthquake

काठमाडौँ । फिलिपिन्सको डोलोरेस नजिक ७ म्याग्निच्युडको भूकम्प गएको छ । अब्रा प्रान्तलाई केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार बुधबार बिहान ८ः४३ मा भूकम्प गएको हो ।

राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

अमेरिकी भौगर्भिक सर्वेले ७ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ भने फिलिपिन्सको ज्वालामुखी तथा भूगर्व विभागलगायत कतिपयले ७.३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् । भूकम्पको प्रभाव जापान, ताइवान र चीनसम्म परेको थियो । भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७