भिजिट भिसामा विदेश गएर काम नगर्नू : गृह मन्त्रालय


११ श्रावण २०७९, बुधबार
griha mantralaya

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर काम नगर्न आग्रह गरेको छ । गृह मन्त्रालयले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुले सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेर मात्र जान आग्रह गरेको हो ।

भिजिट भिसामा विदेश गएर काम गर्दा बिमा, क्षतिपूर्ति, राहतलगायतका सुविधाबाट वञ्चित हुने भएकाले अलपत्र परेका नेपालीहरुलाई उद्दारमा समेत कठिनाइ हुने गृहले स्पष्ट पारेको छ ।

गृहले बुधबार एक विज्ञिप्त जारी गर्दै स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रका नागरिक विदेश भ्रमण वा रोजगारीका सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेख राख्न आग्रह गरेको छ । गृहले भिजिट भिसामा विदेश जानेहरुले घुम्ने प्रयोजन मात्र बनाउनुपर्ने र भिजिट भिसाको प्रयोग गरी श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

भिजिट भिसामा खाडीलगायत अन्य मुलुक पुगेका नेपालीहरुले श्रम गर्न थालेपछि समस्यामा परेका छन् । गैरकानुनी रुपमा भिजिट भिसामा रोजगारका लागि खाडी पुगेका हजारौं नेपालीहरुले दुःख व्यहोर्न बाध्य भएका छन् भने कतिपय अलपत्र परेका छन् । गैरकानुनी ढंगले विदेश गएर दुःख पाएका नेपालीहरुको उद्दार गर्न समेत कठिनाइ हुने गृहले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७