बागमती प्रदेशसभा : साढे चार वर्षमा ७० विधेयक पारित


११ श्रावण २०७९, बुधबार
bagmati province sava

हेटौंडा । बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ । सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले बताए ।

प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन वटा विधेयक विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ । सङ्घीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उनको गुुनासो रहेको छ ।

प्रदेशसभाको वैठक हालसम्म दुई सय ८८ घण्टा २० मिनेट बसेको सो प्रदेशसभाले जनाएको छ । त्यसैगरी हालसम्म प्रदेशसभामा ११ वटा शुन्य समय तथा २९ वटा विशेष समयको कार्यक्रम राखिएको बताइएको छ । मूलतः नीति कार्यक्रम र बजेट निर्माणमा केन्द्रित रहेको प्रदेशसभाको दशाँं अधिवेशनमा मूल विधेयक तीन वटा र संशोधन विधेयक तीन वटा तथा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक एक वटा पारित भएको सभामुख श्रेष्ठले बताए । यस्तै तीन वटा प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७