फोहरभित्रको गिरोहले फोहरमैला व्यवस्थापन हुन दिएन : पर्यटनमन्त्री श्रेष्ठ


१४ श्रावण २०७९, शनिबार
Jeevanram paryatanmantri
फाइल फोटो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहरभित्रको गिरोहले नै काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन हुन नदिएको बताएका छन् ।

आज काठमाडौँको वङ्घ इन्द्रचोक र ऐतिहासिक वङ्घ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले फोहरमैला सामान्य कुरा भए पनि फोहरमैलाभित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको आरोप लगाए । उनले पालिकाले नै अब फोहरमैलालाई स्राोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहरमैला व्यवस्थापन गर्ने कुरामा सङ्घीय सरकार सहयोगका लागि तयार रहेको बताए । उनले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको बताए । उनले सरसफाइको योजना पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताएका छन् । मन्त्री श्रेष्ठले ‘नाइट टुरिजम’ व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए । उनले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताए । उनले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकाले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७