श्रीलंकाका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुल्ने


१८ श्रावण २०७९, बुधबार
srilanka flag

कोलम्बो । श्रीलङ्काका सरकारी कार्यालयहरू अब शुक्रवार पनि खुला हुने भएका छन् । शुक्रवार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मङ्गलवार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो ।

अहिले भने सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रवारको बिदा कायमै राख्नु औचित्यपूर्ण नहुने निष्कर्षसहित शुक्रवार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

त्यसै गरी व्यावसायिक प्रतिष्ठान तथा बजार पनि बेलुका चाडै बन्द गर्नु पर्ने व्यवस्था गरिएको थियो । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले आगामी शुक्रवारदेखि नै यो निर्णय कार्यान्वयन हुने जानकारी दिए ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि इन्धन खरिद गर्न नसकेर देशभरि इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७