बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग


२० श्रावण २०७९, शुक्रबार
bima sasthan

काठमाडौं । बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय संघ राष्ट्रिय समितिले माग गरेको छ । संघका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले आज जारी गरेको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग गरेका हुन् ।

रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि संघले बीमा समितिसँग माग गरेको छ । संघले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका रूपमा ठप्प नपार्न पनि ध्यानाकर्षण गराएको छ । बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि संघले जोडदार माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७