नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु


२१ श्रावण २०७९, शनिबार
Dubera bepatta
सांकेतिक तस्विर

कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ स्थित जमरा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ । एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार दिनेश शनिवार १२ बजे जमरा कुलोमा साथीसँगै नुहाउन गएका थिए । नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनलाई तत्काल टीकापुर अस्पतालमा पुर्‍याइएको थियो ।

डिएसपी शाहीका अनुसार उनको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यतिबेला उनका शव टीकापुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७