श्रममन्त्री कुँवरको प्रतिवद्दता : मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी काम गर्छु


२१ श्रावण २०७९, शनिबार
sherbahadur kunwar AL9NkCksym

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री कुँवरले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भए पनि पदमा बसुञ्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएका हुन् । राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्‍याउने आश्वासन समेत दिए ।

मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।
मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ-आफनो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी रहेको पनि बताए । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७