नेपाललाई सभ्य र सुन्दर देशका रूपमा चिनाउनु पर्छ : सञ्चारमन्त्री


२१ श्रावण २०७९, शनिबार
Pro Ktm Sancharmantri1 1 scaled

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताएका छन ।

बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारितालगायत सम्पूणर् क्षेत्रको उत्तिकै भूमिका हुने बताए । मन्त्री कार्कीले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने उनको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अङ्गेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञानसम्बन्धी विषयलाई समावेश गरिएको छ । मन्त्री कार्कीले ‘प्रोटल’ लाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन नेपाल टेलिभिजनले सुरु गर्न लागेको ‘एनटिभी वल्र्ड’ मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपाली साहित्यिक क्षेत्रले समाज परिवर्तनमा पुर्‍याएको योगदानको कदर गर्दै साहित्य क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७