धरानका मेयर साम्पाङको श्रमदान अभियानमा सांसद किराँतीको साथ


२१ श्रावण २०७९, शनिबार
sudan kirati2022 08 06 06 35 07

धरान । धरानका मेयर हर्क साम्पाङ मेयरको कुर्सीमा बसेकै दिनदेखि जनतासँगै धरानका पाखाभित्तामा श्रम गरिरहेका छन् । उनी सधैँ शनिबार विभिन्न अभियान र गतिविधिमा जनतासँगै सक्रिय भइरहेका हुन्छन् ।

गत शनिबार आफूलाई सहयोग गर्न आएकाहरूको भिड देखेर हर्कले हर्षका आँशु नै खसाए । प्रत्येक शनिबार उनी धरानेलाई पानी खुवाउनका लागि साना खोलाहरूको पानी संकलनका लागि श्रमदान तथा उजाड पाखाभित्तामा बोटबिरुवा रोप्न जान्छन् ।

यो शनिबार सर्दु जलधार क्षेत्रमा वृक्षारोपण गरिएको छ । मेयर साम्पाङले नेपालमा श्रम संस्कृतिको सुरुवात गरेको भन्दै यो शनिबार भोजपुर-१ बाट निर्वाचित सांसद सुदन किराँतीले साम्पाङको अभियानमा सहभागी जनाएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका किराँती बिहान सर्दु खोला क्षेत्रमा बहत् वृक्षारोपण कार्यक्रममा सहभागी भए ।

साम्पाङले धरानमा चलाएको श्रमदान अभियानको प्रशंसा गर्दै सबै जनप्रतिनिधिहरूले धरानबाट सिक्न पनि उनले आह्वान गरे । मेयर साम्पाङसँगको भेटका क्रममा उनले परिपक्व नेतृत्व गर्न केही सुझावहरू समेत दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७