नेपाली खेलाडी नागेश्वर र लालमोहर १०-१० लाख भारुमा भारतीय क्लबमा अनुबन्ध


२२ श्रावण २०७९, आईतवार
lal mohar yadav Nagheshwor Tharu

काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय नागेश्वर थारु र लालमोहर यादवले भारतको फ्रेन्चाइज कबड्डी ‘प्रो-कबड्डी’ खेल्ने भएका छन् ।

प्रतियोगिताको आउँदो सिजनका लागि दुवै खेलाडीले बेंगलुरु बुल्सबाट खेल्ने भएका हुन् । उनीहरूलाई बेंगलुरुले १० लाख भारुमा अनुबन्ध गरेको हो । दुवै नेपाली खेलाडी प्रतियोगिताको अक्सनको ‘सी’ श्रेणीमा थिए ।

लालले यसअघि पनि बेंगलुरुबाटै प्रतियोगिता खेलेका थिए । लालबाहेक नेपालका सञ्जय श्रेष्ठले पनि प्रतियोगिता खेलेका छन् । सञ्जयले पनि बेंगलोरबाटै प्रतियोगिता खेलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७