मदन र सूर्यबहादुरले छाडे बाबुराम भट्टराईको साथ


२३ श्रावण २०७९, सोमबार
rai kKuW0BO9Sn

काठमाडौँ । वैकल्पिक शिक्षाको अभियान्ता सूर्यबहादुर राईले र कृषिविद मदन राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि सूर्यबहादुर राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराई निकट राई नव गठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान गरिएको थियो ।

भट्टराई जसपाबाट अलग हुनु अगाडि राई जसपाका केन्द्रीय सदस्य थिए । तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत नेपाल समाजवादी पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराईको साथ छाडेपनि समावेशी, सुशासन र समृद्धिको लागि बैकल्पिक राजनीतिको यात्रा भने जारी राख्ने राईले बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राईले बैकल्पिक शक्तिको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए ।
‘यस अभियानमा पनि वैचारिक तथा ब्यबहारिक विचलन देखियो । बैकल्पिक सोच नै विघटनको दिशातिर उन्मुख भयो,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मुलुकमा बैकल्पिक राजनीतिको आवश्यकता झनै बढेर गएको छ । अब यसै विचार र मुद्धा कै आधारमा अगाडि बग्ने निष्कर्षमा पुगेँ । हाम्रा मुल मुद्दाहरु समाबेसी, सुशासन र समृद्धिको लागि बैकल्पिक राजनीति यात्राबाट कत्ति पनि विचलित भएको छुइँन ।’

city

राईले कृषिविद् मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् । कृषिविद् राईले शनिबार नै डा. भट्टराईसँगको साथ छाडेको घोषणा गरिसकेका छन् । यस्तै जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गरेका छन् ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७