कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे


२३ श्रावण २०७९, सोमबार
china1659920679

बेइजिङ । कडा यात्रा प्रतिबन्धपछि चीनमा ठूलो संख्यामा पर्यटकहरु फसेका छन् । ‘चीनको हवाई’ भनेर चिनिने रिसोर्ट शहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन् । पर्यटन हटस्पट सान्या हेनानको दक्षिणी टापुमा रहेको १० लाख भन्दा बढी मानिसको सहर हो, जहाँ आइतवार ४८३ कोभिड केस रिपोर्ट गरिएको थियो ।

कोभिडका कारण सहर बाहिरका सबै उडानहरू सप्ताहन्तमा रद्द गरिनुका साथै रेल टिकट बिक्री पनि रोकिएका छन् । बाहिर जान चाहने पर्यटकहरूले पटक-पटक पीसीआर परीक्षण गरेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७