यस्तो छ हरिवंश आचार्यको ‘महापुरुष’ रुप, तोकियो प्रदर्शन मिति


२३ श्रावण २०७९, सोमबार
haribamsa 6X7joqajZw

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘महापुरुष’का दुई पोस्टर सार्वजनिक भएका छन् । फिल्मको सार्वजनिक पहिलो पोस्टरमा हरिवंशलाई पिजडा बाहिर राखिएको सुगासँग देखाइएको छ ।

दोस्रो पोस्टरमा भने वैवाहिक समारोहबाट भागेका हरिवंश र गौरीलाई प्रस्तुत गरिएको छ । हरिवंश र मदनकृष्ण श्रेष्ठको यो फिल्म प्रदिप भट्टराई निर्देशन गरेका हुन् । फिल्म निर्माण टिमले पहिलो पोस्टर सार्वजनिक गर्दै फिल्म प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । यो फिल्म आगामी कार्तिक ११ बाट अल नेपाल रिलिज हुने भएको छ ।

फिल्ममा हरिवंश र मदनकृष्णका साथमा गौरी मल्ल, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेल, नव कलाकारद्धय अरुण क्षेत्री र अन्जना बराइलीले अभिनय गरेका छन् ।

प्रदीप भट्टराईकै लेखन रहेको यो फिल्ममा दिपेश खत्रीले लगानी गरेका छन् । रविन्द्र सिंह बाँनिया फिल्मका कार्यकारी निर्माता हुन् । दीपक बज्राचार्यको छायांकन रहेको फिल्मको दृष्य सम्पादन मित्र डी गुरुङले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७