सिट बाँडफाँट कार्यदलको वैठकअघि बालुवाटारमा कांग्रेस शीर्ष नेताको छलफल जारी


२३ श्रावण २०७९, सोमबार
Nepali congress CC Meeting
फाइल फोटो

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । सत्तारुढ दलबीच तालमेल गर्ने निणर्यपश्चात् कांग्रेसको पहिलो पटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्व पदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको छ ।

कार्यदलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७