लोसपालाई पनि गठबन्धनमा ल्याउन निधिको प्रस्ताव


२३ श्रावण २०७९, सोमबार
bimalendra nidhi

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई पनि गठबन्धनमा सामेल गराउन प्रस्ताव गरेका छन् । हालै भारत भ्रमणबाट फर्केका निधिले काँग्रेस पार्टीको आज बसेको शीर्ष नेताहरूको बैठकमा सो प्रस्ताव राखेका हुन् ।

पाँच दलीय गठबन्धनका साथै सकारमा जानका लागि पनि लोसपा तयार रहेको छ । तर गठबन्धनमा रहेका दलहरूको बीचमा कुरा नमिलेको कारण त्यो सफल हुन सकिरहेको छैन । हिजो मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले आफू लोसपालाई सरकार तथा गठबन्धनमा ल्याउन तयार रहेको तर यो विषय गठबन्धनबाट निणर्य हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि यो विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७