रौतहट पुगेर ओलीले भने, ‘माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन्’


२३ श्रावण २०७९, सोमबार
KP Sharma Oli

रौतहट । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई निकास दिने एक मात्र पार्टी एमाले रहेको दावी गरेका छन् । गठबन्धन सरकार विकासविरोधी भएको र भ्रष्टाचारमा डुबेको एमाले अध्यक्ष ओलीले आरोप लगाएका छन् ।

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको बिकासको लागि छनौट गरिएका सयौं योजनाहरू गठबन्धनको सरकारले हटाएको आरोप लगाए । रौतहट जिल्ला कै माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा यो जिल्लाको विकासको लागि सिन्का समेत नभाँचेको ओलीले आरोप लगाए ।

ओलीले भने, ‘अरु पार्टिले २०-२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखाएका छन् तर यही जिल्लाको माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासको नाममा सिन्को पनि भाँचेनन् ।’ आफू प्रधानमन्त्री हुँदा रौतहटको विकास मात्रै होइन देश कै जिकासको लागि थुप्रै योजनाहरु राखेको चाहे त्यो सडक सञ्जाल, शिक्षा, स्वास्थ्य लगायतका सय भन्दा बढी योजना अहिलेको सरकारले खारेज गरेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७