अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्छ : अध्यक्ष ओली


२४ श्रावण २०७९, मंगलवार
KP Sharma Oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्ने बताएका छन् । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै उनले वनको सदूपयोग गरेर देशमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे ।

सामुदायिक वन दिवसको अवसरमा आज मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्‍याएको बताए । सामुदायिक वनको अवधारणाको माध्यमबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसै कारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अध्यक्ष ओलीले भने, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन् । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुपर्‍यो र त्यसको सदुपयोग पनि हुनुपर्‍यो । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्‍याउने कुरामा जोड दिनुपर्दछ । सामुदायिक वनमार्फत राज्यलाई पुर्‍याउने योगदान, विश्वलाई पुर्‍याउने योगदान, सिङ्गो मानव जातिका लागि पुर्‍याउने योगदान पृथ्वीमै पुर्‍याउने योगदान महत्वपूर्ण छ ।’

city
ncll 2

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतिहरूका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदुपयोग गरेर अघि बढ्दा सिङ्गो मानवजातिकै हित हुने धारणा पनि राखे । उनले केही समयअघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भए पनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दिगो वन व्यवस्थापनको नीति अघि सारेको बताए ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७