चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


२५ श्रावण २०७९, बुधबार
rain

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । जसका कारण आज (बुधबार) बिहान वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गए राति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति वागमती, गण्डकी, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र वाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७