प्रतिनिधिसभाको बैठक बस्दै, तीन विधेयक दफावार छलफलपछि पारित गरिने


२५ श्रावण २०७९, बुधबार
Parliment house samsad bhawans

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा तथ्याङ्क विधेयक दफावार छलफलका लागि सदनमा प्रस्तुत हुनेछ । आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ । यस्तै शपथसम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको सचिवालयले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उल्लेख गरेको छ ।

000744657297850038 1657889471258076 618325774369148049 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७