बाढीले काँडाघारी प्रहरी प्रभागको एक तला भवन डुब्यो, तीन वटा मोटरसाइकल बगायो

मनोहराको सुकुम्बासी बस्तीमा बाढी


२५ श्रावण २०७९, बुधबार
kadaghari duban

काठमाडौँ । लगातारको भारी वर्षाका कारण काँडाघारीस्थित प्रहरी प्रभाग डुबानमा परेको छ । प्रभाग काँडाघारीको एक तलाको पूरै भाग डुबाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीको मेशको खाद्यान्न, भाँडावर्तन र फर्निचर बगाएको छ । कार्यालयसँगै राखिएको तीन वटा मोटरसाइकल पनि बगाएको छ । अविरल वर्षाको कारण मनोहरा खोला किनारका बस्तीमा धेरै क्षति पुगेको छ । बाढीका कारण अलपत्र मानिसहरु र चौपायालाई सुरक्षाकर्मीको सहयोगमा उद्दार गरिएको काँडाघारीका स्थानीय टंक पौडेलले जानकारी दिएका छन् ।

manohara 1200x560 1

काँडाघारी प्रभागको बेस सेट भिजेर काम नगर्ने भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले खहरे भन्दा माथी राडारबाट बाढीले अलपत्र परेका चार जनाको उद्दार गरेको छ । गोठाटारबाट ७ वटा गाडीलाई डुबानबाट बाहिर निकालिएको छ ।

काँडाघारीस्थित हरहर महादेव नजिकै सात जना मानिसहरु अलपत्र परेका छन् । अलपत्र परेकाहरुको उद्दार भइरहेको एसपी मैनालीले जानकारी दिए । डुबान स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका उद्धारकर्मी खटिएका छन् । कागेश्वरी मनोहरा-७ विष्ट गाउँमा एक तलाका अधिकांश घरहरु डुबानमा परेका छन् । त्यहाँ उद्धारकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७