‘कुख्यात’ मिटरब्याजी श्याम परदेशी दम्पतीविरुद्ध चार करोड बिगोदावीसहित मुद्दा दायर


२५ श्रावण २०७९, बुधबार
shyampradeshi sarlaho

काठमाडौं । सर्लाहीका ‘कुख्यात’ मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । मुद्दामा उनकी पत्नी मन्जुदेवीलाई पति प्रतिवादी बनाइएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले साहविरुद्ध केही दिनअघि विशेष अदालतमा मुद्दा दायर गरेको हो । विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका-२ स्थायी घर भएका शाहले आफूसहित श्रीमती, छोराछोरी, बुहारी, ज्वाइँलगायतका नामबाट ४८ जना सर्वसाधारणलाई एक करोड १ लाख ९२ हजार रूपैयाँ ऋण लगानी गरेका थिए । शाहले उनीहरूबाट १ करोड ५३ लाख ३१ हजार रूपैयाँ ब्याज लिएको विभागको दाबी छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ब्याज र सावाँसहित अन्य चलअचल सम्पत्रस जोडेर ३ करोड २० लाख ९२ हजार ६ सय ५८ रूपैयाँ बिगो दाबी गरिएको हो । यस्तै उनकी श्रीमती मन्जु देवीलाई पनि प्रतिवादी बनाइएको छ । मन्जुदेवीको नाममा रहेको जग्गा र बैंक मौज्दातका आधारमा ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

city

सर्लाही प्रहरीमा दर्ता भएको ठगी, अपराधिक लाभलगायत मुद्दामा अदालतले २०७६ असोजमा परदेशीलाई थुनछेक आदेश गरेको थियो । पीडितहरू काठमाडौं आएपछि शाहलाई पक्राउ गर्न दबाब थियो ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७