संसदमा एमालेको प्रश्न : स्वास्थ्य बिमा कार्यक्रम रद्द गर्न खोजिएको हो ?


२५ श्रावण २०७९, बुधबार
khagaraj adhikari

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले ‘स्वास्थ्य बिमा कार्यक्रम रद्द गर्न खोजिएको हो ?’ भन्दै प्रश्न गरेका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले वीर अस्पताल, त्रिवि शिक्षणलगायत अस्पाताल उक्त कार्यक्रम बन्द गर्न बाध्य भएको बताए । उनले स्वास्थ्य बिमा कार्यक्रम नै रद्द गर्न लागिएको आरोप समेत लगाए ।

‘यो कार्यक्रम रद्द गर्न खोजेका हो ? ज्येष्ठ नागरिक र अपांगता भएकाहरुको हुर्मत लिन खोजेका हौं ?’, उनले प्रश्न गरे, ‘अहिले त चार-पाँच लाख डोज कोभिडशिल्ड स्वास्थ्य मन्त्रालयबाट हराएको छ । यस्तोमा अलपत्र पारेर के गर्न खोजको ?’ उनले स्वास्थ्य क्षेत्रमा खतरनाक अवस्था आउन लागेको जिकिर गरे । कार्यक्रम जनपक्षीय रूपमा सञ्चालन गर्न सभामुख अग्निप्रसाद सापकोटा समक्ष ‘रुलिङ’ को समेत माग गरे ।

‘स्वास्थ्य क्षेत्रमा अत्यन्त खतरनाक अवस्था आउँदै छ । स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स हुँदैछ । त्यसकारण सम्माननीय सभामुखले गम्भीरतापूर्वक यसलाई कार्यान्वयन गर्न’, उनले एमाले संसदीय दलको तर्फबाट भने, ‘स्वास्थ्य बिमालाई जनपक्षीय रूपमा सञ्चालन गर्न र यो मात्रै यस्तो कार्यक्रम हो, समाजवादको कार्यक्रम यही मात्रै हो । रुलिङको अपेक्षा गर्न चाहन्छु । स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स गर्न पाइँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७