चितवनमा नारायणी नदीले बगाउँदा गैंडाको मृत्यु


२६ श्रावण २०७९, बिहीबार
rhino
फाइल फोटो

चितवन । चितवनमा नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ ।

भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडिएको छ । मृत गैंडाको खाग र खुर भने सुरक्षित छन् । गैंडा मरेको विषयमा निकुञ्जले सार्वजनिक जानकारी भने गराएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७