निर्वाचन तयारीका लागि आज एमाले सचिवालय बैठक बस्दै


२६ श्रावण २०७९, बिहीबार
amale 1

काठमाडौँ । निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजे बस्ने बैठकमा निर्वाचनको तयारीका विषयमा केन्द्रीत रहेर छलफल हुने केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्टले जानकारी दिए । बैठकबाट निर्वाचन तयारीसम्बन्धी प्रस्ताव र प्रारम्भिक रणनीति तय गरी स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७