तीन महिनामा अलिबाबाका झण्डै १० हजार कर्मचारी कटौती


२६ श्रावण २०७९, बिहीबार
alibabagett

काठमाडौँ । चिनियाँ इ-कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले तीन महिनामा करिब १०, हजार कर्मचारीलाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

अलिबाबाको जुन महिनामा खुद आम्दानीमा ५० प्रतिशतले गिरावट आएको रिपोर्ट सार्वजनिक भइरहेका बेला उसले कर्मचारी कटौती गरेको हो । सुस्त बिक्री र देशमा मन्द अर्थतन्त्रबीच खर्च कटौती गर्ने प्रयास भएको हो ।

कम्पनीले जुन त्रैमासिकमा ९,२४१ भन्दा बढी कर्मचारी कटौती गरेको थियो । कम्पनीले अहिलेसम्म हजारौँ कर्मचारी कटौती गरिसकेको छ । कम्पनीले जुन त्रैमासिकमा आफ्नो खुद आम्दानीमा ५० प्रतिशतले कमी आई २२.७४ बिलियन युआन (अमेरिकी डलर ३.४ बिलियन) पुगेको रिपोर्ट गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ४५.१४ बिलियन युआन थियो । अलिबाबाको स्थापना सन् १९९९ मा भएको थियो। माले सन् २०१५ मा ड्यानियल झाङलाई सीईओ र सन् २०१९ मा अध्यक्षको रूपमा नियुक्त गरेपछि कम्पनीमा ठूलो फेरबदल भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७