चुनावी सहकार्यका विषयमा प्रचण्ड र भट्टराईबीच छलफल


२६ श्रावण २०७९, बिहीबार
prachanda baburam 750

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटमा चुनावी सहकार्य, तालमेल, गठबन्धन सन्दर्भमा छलफल भएको थियो । नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले छलफल सकारात्मक भएको जानकारी दिएका छन् । उनले भने, सबै पार्टीका शीर्ष नेताहरुलाई भेट्ने क्रममा आज बिहान अध्यक्षद्वयबीच भेटवार्ता भएको हो । आजको भेटमा चुनावी सहकार्य, तालमेल, गठबन्धन लगायतमा केन्द्रित रहेर छलफल भए पनि निष्कर्षमा पुगेको छैन । ’

पछिल्लो केहि दिनयता भट्टराईले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । यसअघि भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा भट्टराईले आफूहरु गठबन्धनमा रहेर चुनावमा जाने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७